भारतीय कारमा राखेर लैजादै गरेको गाँजा विराटनगरमा पक्राउ

<span class='c1'>भारतीय कारमा राखेर लैजादै</span> <span class='c2'>गरेको गाँजा विराटनगरमा पक्राउ</span>

विराटनगर । भारतीय नम्बर प्लेटको कारमा राखेर भारत लैजादै गरेको १४५ केजी गाँजा विराटनगर–११ बुद्धबिहार मार्गमा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलिले कारभित्रबाट गाँजा बरामद गरेको हो ।

बिहीबार बिहान बिहार ११ पिसी ५०१६ नम्बरको गाडी भित्र पाँचवटा झोलामा गाँजा बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

बुद्दविहार मार्गमा बेबारीसे अवस्थामा रहेको गाडीलाई शंकालागी चेकजाँच गर्दा गाँजा बरामद भएको हो । गाँजा र गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्