-सरु 'उदाशि'
यी नयनसँग नयन जुधायो उसैले
नजरकै स्पर्शले दिल छुवायो उसैले
मेरो दिलको ढुकढुकी बढेको बेला
सान्त पार्ने ओखती दिलायो उसैले
हरेश खाएकी थिए जिन्दगीदेखि
फेरि उज्यालो बिहानी ल्यायो उसैले
नियाल्दै हरदिन ढोकाबाट मनको
यसरी दिल भित्रै राज गरायो उसैले।
दमक,झापा