-दीपा तिम्सिना
जस्तो भर त्यो बालीलाई बारको हुन्छ
उस्तै भर जन्तालाई नि सरकारको हुन्छ
अरूको प्रगति चाहादैन कोही पनि यहाँ
त्यसैले जितको भन्दा चर्चा हारको हुन्छ
बुझ्न खोज्दैन्न पहिले गुज्रदैछ यो कसरी
थोरै अघि बढ साचि सबै निखारको हुन्छ
जब लाखौंको मालिक बृद्धआश्रममा देखे
कसरी भनौं भाग्यमानी ठूलो निधारको हुन्छ?
उच्च,निच,ठूलो र सानो बाधक बन्दैन बुझ
कदर तिम्रो होइन सधैं तिम्रो बिचारको हुन्छ।
इलाम