-मन्जु घिमिरे दाहाल
ओहो मेरो देशका
हिमाल,हिमशैल,
हिमाली शृङ्खला
चुलिएका छन्
नेपालीको विरता बोकेर।
बलेका छन् ज्योतिपुन्ज
प्रात:खुलेर
सूर्य किरण संग मितेरी
लगाउदै टलल
बिश्व झुकाउने
बिर नेपालीको गाथा बोकेर।
तर आज
सगरमाथा निहुरिन लाग्या छ रे
घात गरे राष्ट्रमाथि
स्वार्थमा नेताले
गरेर सन्धी।
ज्ञान बिहिन मुर्ख
संतान पाएको किन?
आजभोलि मेरो नेपालले ।
काट्न तम्सन्छन फेदमा
आफैं टुप्पोमा बसी।
रगत बग्न रोकिएन
यो बुद्द भूमिमा
शान्ति डढेर खरानी भयो
आरोप प्रत्यारोपमा
जनता हराएर नेता बन्न खोज्दा
नेपालीहरु।
जताततै डर छ
आजभोलि
सबै बनेका छन्
लुटेरा।
कतै अस्मिता
कतै अस्तित्व बराबर
चप्पलहरु शिखर चढे
जुत्ताहरु ओझेल परे
क्रान्ति हरायो
शान्ति करायो
सत्य हार्न थाल्यो
रक्तपिपासुहरुको
फैलियो यस र कृति
डुल्छ लुटेरा मेरै धरामा मख्ख परी।