जर्बरजस्ती करणी मुद्दामा बाह्रवर्ष कैद भुक्तान गरिरहेका विराटनगर–८ का मोहमद अहमद भागे

<span class='c1'>जर्बरजस्ती करणी मुद्दामा बाह्रवर्ष कैद भुक्तान</span> <span class='c2'>गरिरहेका विराटनगर–८ का मोहमद अहमद भागे</span>

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका आर्यन मोहमद अहमद खान (मोहमद अहमद) कोशी अस्पतालबाट बिहीबार बिहान फरार भएका छन् ।

उपचारका लागि मंगलबार भर्ना भएका उनी बिहीबार बिहान निगरानीमा बसेका प्रहरीलाई धकेलेर फरार भएका हुन् ।

विराटनगर कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्या भएपछि अहमदलाई कोशी अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान सवा ५ बजे शाौचालय जाने क्रममा प्रहरीलाई धकेलेर उनी फरार भएका हुन् । विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्