बालिका अप*ह*र*णको नाटक रच्ने विराटनगरका तीनजना पक्राउ

<span class='c1'>बालिका अप*ह*र*णको नाटक रच्ने</span> <span class='c2'>विराटनगरका तीनजना पक्राउ</span>

विराटनगर । बालिकालाई अहपरण गरेर बन्धक बनाएको आरोपमा विराटनगरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेर विराटनगरमा बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

मंगलबार हराएकी बालिकालाई बुधबार विराटनगरबाट उद्दार गरिएको थियो । घटनामा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान संलग्न आरोपमा पक्राउ परेका छन् । यीमध्ये सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेको प्रहरीले बताएको छ ।

सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीको अनुमान छ । बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी थिइन् । उनीसँग सञ्जयको केहि भित्री सम्बन्ध थियो । उनलाई रोक्नका लागि मंगलबार बालिकाको अपहरण गरेर मामालाई फोन गरिएको थियो । सञ्जयले दिदी (बालिकाको ठूलीआमा) लाई फिर्ता बोलाउन समेत भनेको खुलेको छ ।

प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच हिमचिम थियो । तर, आफुलाई छोडेर जाने भएपछि उनले बालिकालाई लुकाएर फर्काउन चाहेका बताइन्छ । बहिनीको छोरी अपहरणमा परेको भनेपछि दिदी फर्कने आसा सञ्जयले राखेका थिए ।

बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरिएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए । चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन् । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्