चमेरे र छेपारे

<span class='c1'>चमेरे र</span> <span class='c2'>छेपारे</span>

-राजनप्रसाद न्यौपाने श्रीयम
अस्थायी हुन्छ
धन सम्पति
यौवन र जीवन पनि
अस्थायी नै
नाशवान छन् संसारमा
परिवार र नाता पनि।

धार्मिक आचरण र
शोषण रहित
कमाएको कीर्ति
हुन्छन् चीरस्थायी
जसरी घाम झुल्केपछि
न्यानो हुन्छ आफैं
चाहे बादलले ढाकोस्।

राम्रो हुन्छ
हित हुने कुरा
धारण गर्दा हुन्छ
धर्म पनि
हाम्रो समाजमा त
सुटुक्क दूध चोरेर खाने
विरालीहरु नै
नैतिकताको पाठ सिकाउछन्
आफ्ना फाईदा अनुसार
सम्बन्ध जोड्ने
चमेरा र छेपाराहरु
रङ्ग फेर्छन् छिनछिनमा
यो देशका नेताहरुले जसरी
तर,
खान पाए पनि नपाए पनि
सुविधा दिए पनि नदिए पनि
वफादार र गुणी हुन्छन्
मालिकप्रति कुकुरहरु
बरु,
मेरो देशमा त
यस्तै कुकुरहरु भएको राम्रो
छेपार नेता भन्दा
चमेरे नेतृत्व भन्दा
कमसेकम मालिक असल भए
आज्ञापालकले गुणी काम गर्थे
घरपालुवा कुकुरले झैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्