- सविना श्रेष्ठ
आमाको काखमा
चिच्याएर बेस्सरी रुँदा
लहै नानी लहै
भन्दै भजन गाएको
अहिले सम्म कानमा गुञ्जिरहेकोछ ।
साँच्चै त्यति बेला
भगवानको शक्ति
र आमाको भक्तिले होला
म निदाउँथे रछु।
मेरी हजुरआमा पुजा गर्नै
जान्दिन थिइन्
जानी नजानी दियो बालेर
मेरो घर परिवार सन्तान
र शान्ति दिनुस् प्रभु
भन्दै दुइ हात जोडेको
याद छ ।
आज हजुरआमा छैनन्
भक्ति र स्वाभिमान भेटिँदैन
मन्दिरमा दियो बल्दैन
भ्रष्ट भेटिन्छन् ठुल ठुला पहलमान
भेटिन्छन् बडिगाड रहितका ढोँगी
भेटिन्छन् ।
खोला नाला बेचिन्छ
मठमन्दिर बेचिन्छ
पावर र पद बेचिन्छ
आफ्नै आमाको काखको
भरोसा हरायो
जन्मभूमि आउँदा
अघिपछि काला काला बडिगाड
लिएर आउँछन् ।
धर्म हरायो आस्था हरायो
भाषा हरायो भेष भुसा हरायो
भजन हरायो ।
हिन्दी गीत बजेको छ
रातो सारी झपक्कै पारी
हेर्नुस् रमेकोछ।
पैसामा बेचेकोछ
सस्कृति र धर्म ।।