पक्राउ परे फरार कैदी, ड्युटीमा खटिए प्रहरीमाथि कारवाही

<span class='c1'>पक्राउ परे फरार कैदी,</span> <span class='c2'>ड्युटीमा खटिए प्रहरीमाथि कारवाही</span>

विराटनगर । कोशी अस्पताल विराटनगरबाट साउन १७ गते कैदी फरार भएको घटनामा ड्यूटीमा रहेका दुई प्रहरी विरुद्ध समेत मुद्दा चलाइएको छ । जर्बरजस्ती करणी मुद्दामा दोषी ठहर विराटनगर–८ का २४ वर्षीय मोहम्मद अहमदलाई उपचारका क्रममा कारागारबाट अस्पताल भर्ना गरेको बेला भागेपछि प्रहरीहरुलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको हो । फरार कैदीलाई प्रहरी नियन्त्रणमा आईसकेका छन् ।

मोरङ जिल्ला अदालतको २०८१ साउन ७ गते फैसला अनुसार अहमदलाई १२ वर्ष कैद सजाय ठहर भएको थियो । १२ वर्ष कैद सजाय ठहर भएको दशदिनपछि अहमत अस्पतालबाट फरार भएका थिए । पेट दुखेर अस्पतालमा भर्ना गरिएका उनको निगरानीमा प्रहरी सहायक हवल्दार राजीव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाल रहेका थिए । उनीहरुलाई त्यहि दिन निलम्बन गरेर आन्तरिक छानविन सुरु गरिएको थियो ।

कारागार कार्यालय मोरङको साउन २० को पत्र अनुसार प्रहरीहरु भण्डारी र कटुवाल विरुद्ध कारागार ऐन २०७९ विपरितको कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्