-सम्झौता आँसु
मुक्तक १
मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ
थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ
हिजो केही जानि केही नजानि,गल्ति भयो होला
आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ
मुक्तक २
मनमा अनेकौ कुराहरु,खेलाएको छु
लाग्छ आज फेरि एउटा हार,खाएको छु
खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच
कसम आफ्नै जिन्दगी देखि,अघाएको छु।
मुक्तक ३
दिल मेरो थियो,रहर अर्कैको रहेछ
पसिना बग्यो मेरो,शहर अर्कैको रहेछ
जुनेलि रात तिमी र म,भुसुक्क निदायौ
झसङ्ग बिउझेउ बिहानि प्रहर अर्कैको रहेछ।
मुक्तक ४
पुगौ कि नपुगौ मायाको सदनमा ,भनी दिनुहोस् न
के सोचेर दोषि भए त्यो मनमा,भनी दिनुहोस् न
एउटै बनाउ दुई मुटु भन्थ्यौ हिजो तिमिले
किन सल्किदै छ आगो जिवनमा,भनी दिनुहोस् न।
मधुवन १ सुर्यपटुवा,बर्दिया