-अरुण खड्का
विवादले समस्या हल हुँदैन
नहुँदा एकजुट बल हुँदैन
छ भने मतभेद कुनै कुरामा
बसेर किन छलफल हुँदैन
जहाँको माटो छ जब्बर असाध्यै
त्यहीँ कहिले मलजल हुँदैन
त्यो मान्छे बिन्दास रमाउँछ एक्लै
मन जसको हलचल हुँदैन
नशामा डुबेर झुम्नेहरूलाई
पानीको अक्सर तल्तल हुँदैन।
किर्तिपुर,काठमाडौं।