केके गर्नुपर्ने रहेछ?

<span class='c1'>केके गर्नुपर्ने</span> <span class='c2'>रहेछ?</span>

- सविना श्रेष्ठ
आगो हुनलाई आगोसँग
जुध्नै पर्ने रहेछ
पानी हुन सागर सँग
उर्लिनै पर्ने रहेछ।
फलाम हुन फलामसँगै
कुटिनु पर्ने रहेछ
यहाँ सोनारेको सय चोट भन्दा
लोहारेको एकै चोट हुनुपर्दोरहेछ ।

मैन हुन पग्लिएर
जम्नु पर्दो रहेछ।
झर्ना हुँन छाँगा बाट
झर्नु पर्ने रहेछ
भोग्दैछु अचेल
के हुन केके गर्नु
पर्ने रहेछ।
पागल हुन पागल सँगै
दौडिन पर्ने
जँडिया हुन भट्टीतिर
धाउनु पर्ने
भ्रष्टाचारी हुन संसद
भवन धाउनैपर्ने रहेछ।

जसरी जसरी मादल घन्किन्छ
उसरीनै नै नाच्नुपर्दोरहेछ
जसो जसो बाहुन
उसै उसै स्वाहा गर्नुपर्दोरहेछ ।

भन्नुहोस् अझै के बन्न
केके गर्नुपर्ने रहेछ?
यो प्रश्न मेरो जवाफ तपाईको ।।

विराटनगर – १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्