इन्द्रेणी

<span class='c1'>इन्द्रेणी</span> <span class='c2'></span>

-लक्ष्मी रायमाझी
सात रङ्गमा हाँस्ने
मन्द मुस्कानमा माया गाँस्ने
रङ्को पर्याय हो
सप्तरङ्गी इन्द्रेणी!

उदाउनुअघि
बादल वर्षा घामपानी
सहनुको सामर्थ्यमा
अनेकौँ ठोकर खाँदै
समष्टिमा अथाह बनेर
तमाम खुसीको फूल
जीवनको हरेक रङ्ग
चारै दिशा जग्मगाउँछ
इन्द्रेणी !

तिमी मान्छेको
मनको आकाशमा
जागरुकता छाउँदा
स्वागतयोग्य
रङ्गीबिरङ्गी
आश लाग्दो जङ्गी
बेविचारको
खडेरीलाई मास्दै
घनघोर आशा वर्षाउँदै
चकमन्न सङ्लो मनमा
छ्याङ्ग उदाएको
सदभावको मान इन्द्रेणी !

मेरै नजिकको क्यानभासमा
आत्मीयताको भावमा
मीठो आभासमा
सल्बलाउदै
उदाउने गर्छ बेलाबेला
मनकै नजिक
ओरिपरि इन्द्रेणी!!

विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्