मन्दिर दर्शनका नाममा विराटनगरको रानी नाकाबाट महिला तथा बालबालिकाको तस्करी

<span class='c1'>मन्दिर दर्शनका नाममा  विराटनगरको रानी</span> <span class='c2'>नाकाबाट महिला तथा बालबालिकाको तस्करी</span>

इशु पन्त
विराटनगर । भारतका तिर्थस्थल घुमाउन लाने वहानामा समेत महिला तथा बालबालिकालाई सीमा कटाउन थालिएको छ । मावन बेचबिखनमा संलग्नहरुले सीमा नाका पार गराउनका लागि बनाउने बहानामध्ये धार्मिकस्थल घुम्न गएको भन्न लगाउने घटना समेत आउने गरेका हुन् ।

सीमाबाट विभिन्न वहानामा भारत पु¥याएपछि उनीहरुको स्वार्थ अनुसारका काममा लगाउने भएका कारण अहिले राती समेत निगरानी थालिएको छ । माइती नेपाल मोरङले गत आर्थिक वर्ष २०८०÷२०८१ मा मात्रै १६४ जना महिला र ५३ जना बालकालिकालाई सीमामा रोकेको थियो । जसमध्ये धार्मिक मठमन्दिर घुमाउने बहानामा लगिएका समेत रहेको नेपाली गिताञ्जली शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले राती समेत सीमाबाट वारपार हुने नागरिकको निगरानी गरिदैं आएको छ ।

पछिल्लो तीनवर्षमा मात्रै ४९२ जनाको उद्धार मोरङको रानी नाकाबाट गरिएको छ । महिला तथा बालिकाको तस्करी र बेचबिखन रोक्न माइती नेपालले मोरङको सीमा नाकामा निगरानी गर्दै आएको छ। रोजगारी तथा आर्थिक प्रलोभनमा गरिब तथा असाहय परिवारका महिला तथा बालबालिका भारतका विभिन्न स्थानमा फरक–फरक प्रयोजनका लागि बेचिने गरेको छ । महिला र बालबालिकालाई झुठा विवाहको प्रस्ताव गर्दै सीमानाबाट कटाएपछि उनीहरुलाई श्रमिक, होटल तथा बारका कामदार, वेश्यावृत्ति जस्ता काममा लगाउने गरिएको छ ।

अर्थिक २०७८÷२०७९ मा कोरोनाका कारण आर्थिक मन्दि भएका बेला प्रलोभनमा परी बेचिने बढी हुने अनुमान गरेर निगरानीलाई थप कडाइ गरिएको थियो । त्यो वर्ष १०३ जना महिला र २८ जना बालिका गरी जम्मा १३१ जनालाई सीमा रोकेर घर परिवारको सम्पर्कमा पठाइएको थियो । यसैगरी २०७९÷८० मा ९४ जना महिला र ५० जना बालिका गरी जम्मा १४४ जनालाई फर्काइएको थियो ।

तीनवर्षमा ३६१ महिला र १३१ जना बालकालिका सीमाबाटै घर फर्काइएको शर्माले जानकारी दिइन् । रोजगारी दिलाउने भनिएपनि उनीहरुले के रोजगारी पाउने भन्ने थाहा नहुने तर वहानामा विभिन्न कुरा भन्न लगाउने गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्रै ११ वटा मानव बेचबिखनका मुद्दा दर्ता गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा मुद्दा दर्ता गरिएको थियो । आर्थिक वर्ष २०७८÷२०७९ मा १५ वटा मुद्दा मानव बेचबिखनका दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्