जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख, लाभांश क्षमता ६४ प्रतिशत

<span class='c1'>जीवन विकास लघुवित्तको नाफा ५८ करोड</span> <span class='c2'>२२ लाख, लाभांश क्षमता ६४ प्रतिशत</span>

विराटनगर साउन २७, मोरङको कटहरीस्थित  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.६७ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३० लाखबाट बढेर १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि सामान्य अंकले बढेको छ । इम्पेयमेन्ट चार्ज ३७ करोड ३४ लाख रुपैयाँबाट बढेर ३७ करोड ९१ लाख पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको जीवनको जगेडा कोषमा १ अर्ब ४३ करोड  ६४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा भने ८६ करोड ८२ लाख रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ६४.४३ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

तर, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने निर्दशन दिएको छ । त्यसैले जीवनले सोही क्षमता अनुसार लाभांश नदिन सक्छ । संस्थाको प्रतिसेयर आम्दानी ४३.२१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ छ । एनपीएल ४.६६ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्