‘बुलाकी’ को नयाँ गीतमा कर्णालीको लवज

<span class='c1'>‘बुलाकी’ को नयाँ</span> <span class='c2'>गीतमा कर्णालीको लवज</span>

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को नयाँ सार्वजनिक गरिएको छ ।

सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो फिल्म तयार भएको हो । राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । फिल्मको लाइन प्रोड्युसरमा शिवराज पौडेल छन् । यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्