करणीपछि बेचबिखन गर्न युवतीलाई विराटनगरबाट भारत लैजाने व्यक्ति पक्राउ

<span class='c1'>करणीपछि बेचबिखन गर्न युवतीलाई विराटनगरबाट</span> <span class='c2'>भारत लैजाने व्यक्ति पक्राउ</span>

विराटनगर । विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट २०७६ माघ १८ गते एक युवतीलाई बेचबिखन गर्न लैजादै गर्दा उद्धार गरिएको थियो । साना हात नेपालले उद्धार गरेपछि उनलाई उदयपुर त्रियुगा नगरपालिका–१० (साविक लाफागाँउ गाविस)का पारस भन्ने दिपककुमार बस्नेतले भारत लैजादै गरेको खुलेको थियो । तर, युवतीलाई भारत लैजानु अगाडी नै बस्नेतले २०७६ मंसिर २१ गते जर्बरजस्ती करणी गरेका थिए ।

उनले पहिलो पटक विवाह गर्नुपर्ने शर्त राख्दै करणी गरेपछि बारम्बार त्यहि कार्य दोहो¥याउँदै आए । एक पटक करणी गरेपछि त्यसको सामाग्री सार्वजानिक गर्ने र बेइज्जत गर्ने भन्दै उनले उहि प्रक्रिया दोहो¥याएपछि प्रताडित बनेकी युवतीलाई विवाह गर्ने भन्दै भारत लैजाने क्रममा उद्धार गरिएको थियो ।

युवतीको उद्धारपछि उनले दायर गरेको मुद्दा अनुसार ‘जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दा’ मा दोषी ठहर भई फरार रहेका ३४ वर्षीय बस्नेतलाई काठमाण्डौंको अनामनगरबाट सिआईबीले नियन्त्रणमा लिइएको हो ।

विराटनगर महानगरपालिका वडा नं. १५ , भंसार कार्यालयको २ नं. ढाँट नजिकै पीडित युवतीलाई उद्धार गरिएको थियो । ‘विवाह गर्छु, भारततर्फ घरजम गरौंला भनी झुक्यानमा पारी वेचबिखन गर्ने उदेश्यले भारतर्फ लादै गरेको अवस्थामा ‘साना हात नेपाल’ ले उद्धार गरेको थियो’ सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जारी गरेको सूचनामा भनिएको छ ।

जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको २०८० मंसिर ५ गतेको फैसलाले वस्नेतलाई जम्मा १२ बर्ष कैद र पचास हजार जरिवाना हुने ठहर गरेको थियो । ठहर भएको सजाय वेरुजू भई फरार रहेका उनलाई सिआईबीले साउन ३० गते अनामनगर, काठमाडौंबाट पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्