हस्तग्रहण

<span class='c1'>हस्तग्रहण</span> <span class='c2'></span>

-दिपेन्द्र आचार्य "सुमी"
आफ्नै हत्केलाले छलेर
घामलाई
लम्र्याङ लम्र्याङ हिड्दैछ
अन्धकारमा
अमेरिका।।।

भिट्टो
सक्छस भने लगा न
मृत्यु तर्फ बडिरहेको
जिवनमा
रुस!!

ह्वाङ होको बाडीलाइ
डोकोले कति दिन छोप्छ्स?
तेरो एन्टी रिन्कल कृमभित्र
छर्लङ्ग देख्छु
अप्राकृतिक आयु रेखाहरु।।

आफ्नै हत्केलाले
घामलाइ छलेर उसले पनि
दिउसै बलात्कार गर्छ
देवी मन्दिरको पछिल्लो गल्लीमा
आफ्नै आमालाई ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्