-पारस भट्ट "प्यासी"
खुब मन पर्थ्योनी तिमिलाई
पानीपुरी र चटपटे
तिम्रो स्वभाव नै जिद्दी र चट्पटे
मजाग नगरी त बस्नै नसक्ने
हर घडी हर समय तिमिले बोलिराख्नु पर्ने
कसैलाई पिर परेको पो छ कि
कसैलाई केही कुराको
अभाव पो भएको छ कि
तिमिलाई त बस हाँसो मजाग,
रमाइलो भए पुग्यो
बोलिराख्नु पर्ने नबोली त बस्नै नसक्ने
देख्योकी जिस्काइ हाल्ने
तिम्रो बानी!
नजिक भेट भयोकी
अंगालोमा बेरिरहनु नै पर्ने,
आखामा आँखा नजर
जुधाएर हेरिरहनु नै पर्ने !!
तिमी रिसालु पनि
तिमी मायालु पनि
तिम्रो बानी जिद्दी
तिमिले बोलेको कुरा त
जस्सरी पनि पूरा गरिहाल्नु पर्ने
नत्र तिमी रिसाइहाल्ने
एकदिन तिमि र म बजारबाट फर्किदै गर्दा
बाटोमा रात परेको थियोनी
तिमिले आकाशमा जुन देख्यौ है
जुनलाई हेरिरह्यौ अनि भन्यौ
मलाई जसरी पनि त्यो जुन
टिपेर ल्याइदिनु रे
नत्र म बोल्दिन रे
भोलिपल्ट तिमिलाई जुन भनेर
दाइको छोराको खेलौना
बल लगेर दिएको थिए
तिमी कत्ती खुसी भएको थियौ है!
जुनकीरी तिमी सानो- सानो बच्चा जस्तो छौ है,
जुनकीरी तिमी कत्ती माया लाग्ने छौ है"
सानोमा माटोको सिंदुरले तिम्रो
सिउदो रंगाएको थाहा छ नि तिमिलाई
बाकी छ रातो अबिरले तिम्रो
सिउदो रंगाउन
घरमा बुहारी बनाएर भित्र्याउन
तिम्रो हातलाई ,तिम्रो काखलाई
मेरो सिरानी बनाउन
अब त तिमी बिनाको जीवन
कल्पना पनि गर्न सक्दिन
जुनकीरी तिमी जस्तै बनाइदियौ
अचेल मलाई पनी
चंचले ,जिद्दी ,
एकहोरो
अब एक अर्काको मनका
गाँठागुठी फुनुपर्छ,
अब हामिले दुई बाट एक-
एक बाट दुई हुनुपर्छ!
जुनकिरी तिमिले कुरा बुझ्नुपर्छ
हाम्रो प्रेम अटुट रहनुपर्छ
जुनकीरी हाम्रो प्रेम टुटे त दुइटैले रुनुपर्छ !!
सुदुरपश्चिम,बैतडी