-सुरेशकुमार पाण्डे
तिमीले भुले पनि कसरी भुल्थें तिमिलाई मैले
गद्धारी गर्ने त रगतमै छैन साइनो लगाई मैले
नपताए हेर त हृदयमा कतिका घाउहरू छन
इमान र जमान निभाएकै छु खाई नखाई मैले
हो त्यो पनि थाहाछ हृदयमा जति पिर परेपनि
गद्धारी गर्न सकिन तिमलाई दुश्मन ठमाई मैले
रगत बेचियो आफ्नै यो सरिरको अर्कैका लागि
बेचिन इमान आफ्नो आत्मा बन्दक बनाई मैले
अचेल छोराले बाउलाई बाउनै सम्झिन छाड्यो
गलती त गरेन आफ्नो यो काखमा हुर्काई मैले।
भन कसरी मुस्कुराउँन सक्थे आफ्नै हृदयबाट
ज्यानि दुश्मनको सुन्दर त्यो तस्बिर हटाई मैले ।
दाङ,घोराही