-ऋषि तिवारी
अफिस छुट्टी हुन् पाएको थिएन् । एकाएक श्रीमतीको फोनको घण्टी बजेको थियो मोबाइलमा ।
उताबाट बजाइ दिएको रिङटोनले गर्दा फोन उठाउँन थालें । 'हन के भयो र ? अब छुट्टी हुनेबेला हुँदैछ त किन अत्तालिएकी ?'
उनी भन्थिन्- 'त्यहाँ तपाईको अफिस छेऊ किरण केक पार्लर छ नि, सोध्नुस त बर्थ डे केक कति पर्छ ? झट्ट चाहिएको छ ।'
अब आफ्ना न छोराछोरीको जन्मदिन थियो, न मेरो न श्रीमतीको ।
आखिर यो बर्थ डे केक कसको लागि चाहिएको हो ? मैले सोधें, 'जन्मदिन कसको हो र यति हतार गरेर ल्याई दिनु ?'
उनी भन्थिन्- 'मसंगै काम गर्ने मेरो साथीको छोराको बर्थ डे हो । तपाईलाई अलिक धेरै जानकारी छ । यसो बुझेर ल्याउँनुस हैं ।' मैंले जवाफ दिएको थिएँ । मसंग पैसा छैन्, काहाँबाट ल्याउँनु ?'
उनी भन्थिन्- 'तपाईको त्यो बजारमा व्यापक चलेको 'खुटको पैसा' के भयो नि ?'
विराटनगर-६, ममता-मार्ग ।