विराटनगरमा गाँजा अड्डा : सेवनकर्ता भन्छन्–बोरामा ल्याउछन्, पोकामा बेच्छन्

<span class='c1'>विराटनगरमा गाँजा अड्डा : सेवनकर्ता</span> <span class='c2'>भन्छन्–बोरामा ल्याउछन्, पोकामा बेच्छन्</span>

विराटनगर । एक हजार ४२० केजी लागुऔषध गाँजा सहित मोरङको सुन्दरहरैँचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई बिहीबार धरानमा प्रहरीले नियन्त्रणमा लियो । धरान १३ साराङ्गमा मुला लोड गरिएको ट्रकमा गाँजा ल्याउँदै गरेको सूचना पाएको प्रहरीले चेकजाँच गर्दा ४४ वटा बोरामा गाँजा फेला परेको थियो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकसहित उनीहरु पक्राउ बिहीबार बिहान परेका हुन् । उनीहरुसहित पक्राउ परेको गाँजा कहाँ जान्थ्यो भन्ने कुरा भने अहिलेसम्म खुलिसकेको छैन । गाँजा कसको हो भन्ने कुरा समेत प्रहरीले खुलाएको छैन । कोशी पहाडी क्षेत्रबाट बोरामा प्याक भएर आउने गाँजा शहरका चौकमा अड्डा जमाउने ठाउँसम्म आउने गरेको छ ।

विराटनगर र आसपास गाँजाको खेती छैन । तर, गाँजा खानेहरुको लागि अभाव पनि छैन । गाँजा नै नफल्ने शहरमा अड्डा भने जताततै छन् । विराटनगरका एक सेवनकर्ताका अनुसार यहाँ गाँजा बोरामा भित्र्याएर पोकामा र खिल्लीमा बिक्री हुन्छ । यतिसम्म भईसकेको छ, झुपडीबाट पक्की सटरका पसलमा पनि गाँजा बिक्री हुन्छ । सीमा नजिकका रेष्टुरेन्टमा गाँजा चल्न थालेको छ । कतिपयले वारीपारी आउजाउका क्रममा समेत कतिपय बोरा गाडीमा नाका कट्छ ।

‘जहदाको भुटाहाबाट भातिगछ हुँदै विराटनगरमा गाँजा भित्रने गरेको छ । रातको समयमा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा गाँजा ओसारपसार हुन्छ’ ती युवाले भने–एक केजी गाँजा मात्रै ल्याउन सक्दा चार हजार नाफा हुन्छ । भातिगछ, जयरामपुर (बबनटोली), बिश्वकर्मा चौक पूवर्, बलवाहीका अड्डामा गाँजा भित्रन्छ । बोरामा आएको गाँजा केजीमा वितरण गर्ने समूह छुट्टै छ । खपत हुने दोकानसम्म कारोबार गर्ने आफैले पु¥याउने गरेको उनी बताउँछन् । अड्डामा पुगेको गाँजा कागजको पोकामा वा चुरोटको खिल्लीमा पनि बिक्री हुन्छ । त्यसका लागि अड्डामा बस्नेले नै चुरोटमा भरिसकेका हुन्छन् ।

यसैगरी विराटनगर–१५ को सुडी बस्तीमा गाँजाको अर्को अड्डा जम्छ । ‘सुडी बस्तीका घरैपिच्छे गाँजा बिक्छ, त्यहाँका प्रमुख भनेका नदी भन्दा ठूलो जे हुन्छ त्यहि हो’ ती युवाले भने–प्रहरीले थाहा पाउँछ तर खिल्ली खोसेर विवाद हुनुभन्दा बोरा पक्रने दाउमा रमिते बन्छ । उनका अनुसार अहिले रेलवेको ट्रयाकलाई कभर बनाएर कतिपयले गाँजा भारत कटाउँछन् । पैसा धेरै हुने भएकोले फुर्सदमा भएका युवाहरु परिचालित छन् ।
यसैगरी विराटनगर–१२ को शुक्रबारेमा गाँजा अड्डा चल्छ ।

त्यसपछि दिल्ली पब्लिक नजिकै रहेको एउटा घुम्तीमा चल्छ । एकजना जानकारका अनुसार दिल्ली पब्लिक नजिकको गाँजा किन्नका लागि विराटनगरका ठुला घरेहरु पनि पुग्छन् । कामको वहानामा त्यहाँ पुगेर झटपट पोका गोजीमा राखेर फर्कन्छन् । घुम्तीमा गाँजा बेच्दाबेच्दै उनी पक्की घरको सटरमा सरिसकेका छन् । ‘ठ्याक्कै विराट बहिरा जाने सडकमा कदमको गाछी छ, कदम गाछीदेखि नजिकै एउटा घुम्ती र सटरमा पुगेपछि गाँजा पाइन्छ’ उनी अगाडी भन्छन्–यहाँबाट निस्कन सहज हुने भएकोले पोका बोक्दा जोखिम कम छ । यता विराटनगर कुमारी राइस मिल आसपासमा पहिले खुब चलेको थियो, अहिले केहि कमी छ ।

बुढीगंगा–१ को करैया बस्तीमा समेत गाँजा पोकामा पाइन्छ, उनले भने–म त गाँजा अड्डा नपुगेको ठाउँ छैन । गाँजाका अड्डा प्रायः साना र झुपडीमा बढी चल्ने गरेका छन् । कतिपय चाडपर्व लक्षित गरेर गाँजा खानैपर्ने मान्यता समेत परम्परागत रुपमा विद्यमान छ । तर, सर्वकालिन गाँजाको लतमा फस्नेहरुलाई छुटकारा पाउन निक्कै मुस्किल पर्ने गरेको छ । गाँजामा लत बसेका मात्रै हैनन्, गाँजा पीएर पढ्न बस्नेहरुले समेत यसलाई प्रयोग गर्ने गरेका छन् । विराटनगरका टिचिङ हस्पिटल भएका आसपासमा गाँजाको व्यापार फस्टाउँने गरेको भनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्