-सुरेशकुमार पाण्डे
" ए भाई सुन त ! यो केभैराछ यहाँ ?"-महेशले चौबाटोमा भिड देखेर सोध्यो। " खै ! एकजना कुनै अपरिचित व्यक्ती घायल अवस्थामा छ।त्यसैलाई हेर्न जुटेको भिड हो यो।"-यति भनेर ऊ स्युँइकियो।
महेशले वाइक साइड लगायो र भिड भएतिर लाग्यो।उसले भिडलाई छिचुल्दै घायल व्यक्तीको नगिचै पुग्यो।ऊ रगतमा लथपतिएको थियो।
"थोरै पछि-पछि हौँत; हावा नछेकौँ " -उसले हात जोडेर भिडलाई बिन्ति गर्यो।
धेरैजसोका हातमा मोबाइल थियो उनिहरूले घायल तड्फिएको तस्विर आफ्नो मोबाइलमा रिकार्ड गर्दै ,कसैले फोटा खिच्दै थिए।तर उसको उद्धारका लागी भने कसैको प्रयास थिएन। महेशले गाडी रोकाउँन खोज्यो तर कसैलाई पनि फुर्षत थिएन।
"-अलि ढिला गर्यौँ भने त यो मर्छ,आफ्नती खोज्न थाल्नु भन्दा अस्पत्ताल पुराउँनु पर्छ।"-उसको मनमा दया जाग्यो।
अन्तमा एकजनाको मदत् ले एउटा अटोमा बसाल्यो। नजिकै अस्पत्तालसम्म पुराउँन खोज्यो।तल अस्पत्ताल नपुग्दै उक्त घायलले दम तोड्यो।
नत उसको ठेकाना महेश सँग। न महेशको कुनै जानकार ऊ दुबिधामा पर्यो। असपत्तालमा गेटसम्म पुगेपछि ऊ झसिङ्ग भयो।
" हजुरको आफन्ती हो ?"-पत्रकारले सोध्यो। "मैले चिनेको थिएन उद्धार गर्न मात्र खोजेको हो ।"-महेशले भन्यो।
उस्तै प्रश्न डक्टरले गर्यो र प्रहरी बोलायो।प्रहरिले पनि उस्तै प्रश्न गर्यो। साथै महेशलाई कतै नजान भन्यो।
उसको वाइकलाई कब्जा गरियो।
" यसलाई केले ठक्कर दिएको हो ?"-प्रहरीले सोध्यो।
"सर ! बिस्वास गर्नुहोस् मलाई थाहाछैन।"-महेशले आफ्नो सबै सत्य कुरा बतायो।
" धेरै स्मार्ट बन्न नखोज्नुस् जब सम्म यो व्यक्तीलाई ठोकेको वहान पत्ता लाग्दैन हजुरलाई हामिले छाड्न मिल्दैन "-प्रहरीले महेशलाई हकार्दै भन्यो।
घोराही-१८,दाङ