गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
भएको छु सुख्खा लगाऊ सलाई,
जलाई बनाऊ खरानी मलाई।

लिई पान खैनी सुपारी सुरा त्यो,
भएको छ कसको न यसले भलाई।

लगाएर धक्कु घसाएर चक्कु,
लगातार वाजी जितेथ्यौ छलाई।

तयारी छु भोग्नै दिएको सजाय,
अभागी छु साँच्चै डढाऊ जलाई।

नछोला मलाई ससाना कुराले,
लिने गर्छु मज्जा म आगो चलाई।

काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्