रथयात्रामा पक्राउ परेका १४३ जनामध्ये ११ जनामाथि थप अनुसन्धान

<span class='c1'>रथयात्रामा पक्राउ परेका १४३ जनामध्ये</span> <span class='c2'>११ जनामाथि थप अनुसन्धान</span>

विराटनगर । विराटनगरमा मंगलबार निकालिएको रथयात्रामा चोरीसहित अवाञ्छित गतिविधिमा संलग्न आरोपमा १४३ जना प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ परेकामध्ये अझै ११ जनामाथि भने अनुसन्धान भईरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भीडभाडमा चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ११ जना भारतीय नागरिक हुन् ।

उनीहरुको गतिविधि निगरानी गरेर पक्राउ गरिएको हो । बाँकीलाई छोडिसकिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् । थुनामा रहेका ११ जनाको हकमा भने थप अनुसन्धान गर्ने प्रक्रिया हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्