-ऋषि तिवारी
बाटामा पैदल थिएँ । अर्थात पेटी छेऊछाउ हिड्दै थिएँ ।
छेऊ किनाराबाट हिड्दै गर्दा, करिब चार बर्षको बच्चाले बाबा भनेर हात पक्रिएँ । म छक्क परें । मैंले यति भनें, 'हेल्लो बाबु ।'
उनको मामुले हात तानेर आफू निकट तानिन् ।
मेरो सवारी साधन थियो बाटो किनारामा । उनको मामु मलाई हेर्दै रहिन् । म भने लाजले मुन्टो निहुरिएर आफ्नो सवारी साधन स्टार्ट गर्न तर्फ लागें । त्योबेला एउटा आँखाले भ्यायो, एउटा कानले सुन्यो । ती महिलाले आफ्नो बच्चालाई एउटा हातले गालामा हिर्काउँदै थिइन् । औंलोले त्यो निर्दोष मुख बन्द गर्दै थिइन् । र, घचड्दै भन्दै थिइन्, 'तेरो बाबा हो ?'
बिचरो त्यो बच्चाले के जवाफ फर्काउँला ! भन्न सकेन त्यो बच्चाले, 'मामु मेरो आँखाले धोका खायो !'
विराटनगर-६, ममता-मार्ग ।