विराटनगर विद्यालय नाटक महोत्सवमा मञ्चन हुने नाटकको सूची सार्वजनिक

<span class='c1'>विराटनगर विद्यालय नाटक महोत्सवमा मञ्चन</span> <span class='c2'>हुने नाटकको सूची सार्वजनिक</span>

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ ।

आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा नाटक मञ्चन गर्ने विद्यालय र नाटकको तालिका सार्वजनिक गरिएको हो । महोत्सव अवधिमा आयोजकको एक र नौ वटा विद्यालयका गरी कुल दश वटा नाटक मञ्चन हुने छन् ।

नाटक प्रत्येक दिन दिउँसो २ बजे मञ्चन हुनेछ । विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट विद्यालयहरुले सहभागीता जनाउँदैछन् । गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार आयोजकले सविन भट्टराईको निर्देशनमा बनेको नाटक नीलाम्बरको आकाशयुद्ध मञ्चन गर्दै महोत्सवको उद्घाटन गर्ने भएको छ । दोस्रो दिन आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले मनिषा राजवंशीको निर्देशनमा तयार नाटक बुद्धिमानी आमा, तेस्रो दिन दिल्ली पब्लिक स्कुल विराटनगरले मयुरेस वर्माद्धारा निर्देशित नाटक छिमेकी मञ्चन गर्ने उल्लेख गरिएको छ । चौथो दिन आदर्श माध्यमिक विद्यालय विराटनगरले प्रनिशा रेग्मीद्धारा निर्देशित नाटक भविष्य निर्माण, पाँचौ दिन ग्रीनल्याण्ड सेकेण्डरी स्कुल विराटनगरले चर्चिता अधिकारी र दित्शा लुईटेल निर्देशित नाटक रङ, छैठौं दिन पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल विराटनगरले रेणुका बजगाई घिमिरेद्धारा निर्देशित नाटक एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । सातौँ दिन नमुना विद्या मन्दिर विराटनगरले पशुपति रिमालद्धारा निर्देशित जिम्मेवारी कसको ?, आठौं दिन बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले विकास बुढाथोकीद्धारा निर्देशित नाटक स्मार्ट बन्द, नवौँ दिन विराटचौकको सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले सोनाम तामाङद्धारा निर्देशित नाटक ‘ज्ञ’ र अन्तिम दिन भदौ ३१ गते रङ्गेलीको श्री एकता सेकेण्डरी स्कुलले रमेशचन्द्र अधिकारीद्धारा निर्देशित साबित्रीको बाख्रो मञ्चन गर्नेछ । विद्यालयमा विद्यार्थी वा शिक्षक स्वयंले लेखन तथा निर्देशन गरिरहेका छन् । विद्यार्थी मात्रै अभिनय गर्दै नाटक मञ्चन गरिने महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

यसअघि महोत्सवका लागि आवदेन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनोट गरिएको हो । छनोट भएका विद्यालयमा अहिले गुरुकुलका प्रशिक्षकहरुले निशुल्क प्रशिक्षण तथा प्राविधिक सहयोग गरिरहेका छन् । विद्यालय मै गएर नाटक अभ्यास-तयारी गर्ने तथा मञ्चनका लागि आवश्यक मञ्च, प्रकाश, ध्वनी लगायत निर्माण, संयोजन तथा परिचालन लगायत नि:शुल्क व्यवस्थापन गर्ने गरिएको अरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्