-आरजे महेश भट्टराई
बा घरकाे मुलपिलर हाैं तिमी
समस्याहरूकाे समधान गर्न सक्ने
जडी हाैं तिमी ,
बाबु ताते - ताते भन्दै अगाडि लाग्ने मेराे लागि
मूल नेतृत्व हाैं बा तिमी ।
बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै
मुमाले खुवाउन नसकेकाे चाराे सजिलै खुवाउन
सक्ने बहुमुखी प्रतिभाशाली मुखिया हाैं वा मेराे लागि तिमी।
जीवनका कखरा पढाउने देखि हिँड्न , भिड्न समेत सिकाउने महान् गुरू हाैं बा तिमी ,
हाँस्न , हसाउँन , फकाउन जादु बाेकेका महान्
कलाकार हाैं मेराे लागि बा तिमी ।
जीवनका कठिन माेडहरू, घुम्तीहरू वारपार
गर्न याे धर्तीमा सजिलै यात्रा अगाडि बढाउने
मेराे लागि सहपाठी हाैं बा तिमी ,
मेरालागि नमेटिने इतिहास हाैं बा तिमी
त्यसैले मेराे तर्फबाट तिमीलाई सदा सदा
नमन ........................................ ।