सवाइ

<span class='c1'>सवाइ</span> <span class='c2'></span>

-शारदा कार्की

हिजो आज गाउँदैछन् नौला नौला गीत

चाेखाे माया बताएर नाच्छन् उनै सित

आफन्त नै भुल्न थाले चर्चित् हुनलाई

निक्कै राम्री भएँ भन्छन् छोटो लुगालाई ।।

खाने अन्न छ कि छैन पाटी तिर जान्छन्

ऋणकाडी भएपनि हुस्कि बियर् खान्छन्

तीज् पर्वमा नाच्दा खेरि लाए मिनिस्कट

आइ फोन बाेके पछि गर्छन् ठूलो धाक ।।

काेही भने बच्चा छाेडी डिस्को तिर धाए

कसै ले चै खेत बेची रानी हार लाए

पल्ला घरे साइँलीले रातो सारी ल्याई

माइलीले छड्के पारी तिल्लहरीलाई ।।

स्वामी जीको आय थोरै घर धान्नै गारो

श्री मतीको माग ठुलो ऋण लाग्न थाल्याे

उस्को त्यस्को देखासिकी गर्न हुन्न साथी

जोगाउँदा परम्परा ठूलो हुन्छ छाती ।।

सुन मेरा दिदी बैनी संस्कृति हो हाम्रो

आउनेछन् चाड पर्व बनाेस् अजै राम्रो

संस्कृति र सभ्यताले भरी पूर्ण चाड

मान्ने गरौ सबै पर्व गच्छे अनु सार ।।

विराटनगर १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्