-पारस भट्ट प्यासी
तिम्रो बुबाको सधैंभरी पेट दुखिरहन्थ्यो कुनैदिन त एक बाल्टी खुन कै बान्ता हुन्थ्यो भनेर पनि धेरैले मलाईत कुरा पनि सुनाएका छन्!तर मेरो बा लाई हाम्रो ऋण खायौ भनेर गाउँका केही सामन्तीहरुले मारेको हो रे !अनि मेरो हजुरबुबा पनि एकदमै सोझो मान्छे गाउँका ठुलाबडा भनौँदाहरुले हाम्रो हलि बनेनौँ भनेर हजुर बुबालाई पनि गाउँबाट निकाला गरेको थियो! रे! पल्लो घरका साईला दाईलाई मुखिया बा ले कमारो बनाएर राखेको चार गाउँसम्म चर्चा थियो !पुतली आमाको पेटको बच्चा लात्तीले किचेर पेटमै मारिदिएको हो रे !
त्यही ठुलाबडा भनौँदाहरुले सल्लेरी बनमा आफ्नै बहिनिलाई योन समपर्क गरिरहेको बेला गोठाला भएका एक सज्जन कामी बा को छोराले आफ्नै आँखा अगाडी देखेको हो! तर बिचरालाई आफ्नो ज्यानको मायाले बाँध्यो गाउँले कसैलाई भनेन बस आफ्नै बुबालाई बताएर आफू गाउँ छोडेर भागे अहिले त कहिँ कामी बा को छोरा छ या छैन् अत्तो पत्तो छैन् !
घरबाटै हराएको चालीस -पैंतालीस बर्ष भैसक्यो घरमा आमा बुबा बितेकै पाँच- साथ बर्ष भैसक्यो!
गाउँका एक सर्व साधारण सोझा उब्जल काकाले दुई तीन महिना स्कुलमा पढाउनु भयो ब्यबस्थापन समितिले उब्जल काकालाई राम्रो पढाउनु हुन्छ भनेर त्यही स्कुलमा सधैँ पढाउन पाउने कागजपत्र बनाउने कुरा राख्यो ! उब्जल काका पनि निकै खुसी भए तर स्कुलका हेडसर जो त्यही गाउँका सामान्तिका छोरा थिए र उहाँले नै हस्ताक्षर नगरेर उब्जल काका शिक्षक हुन पाएन !
हेड सरले भनेका थिए रे तँलाई स्कुलको शिक्षक बनाएर हाम्रो बेइजती हुन्छ तिमी सोझासाझाको खानदानमा पनी शिक्षक भयो भनेर जताततै हल्ला हुन्छ! यो ठाउँको शिक्षक म मात्रै छु मेरो धेरै मान सम्मान छ! भोलि तिमी पनि मान सम्मान पाउन सक्छौ ! तिमिलाई यो सुहाउँदैन भनेर उब्जल काकालाई पढाउन दिएन !
बाबू तिमिलाई भनेर साध्य छैन म कति सुनाउ तिनिहरुका खराव आचरणहरु लाखौँ छन् ! भनेर मलाई ठुले गाउँका धामी बा बताउछन्!
मैले धामी बा लाई सोधे अहिले कस्ता लाग्छन् त तिनिहरु?
धामी बा ले भने खै मलाई त अहिलेपनि तिनीहरुका खलकको स्वभाव उस्तै लाग्छ , अझैसम्म पनि गाउँमा अन्याय, अत्याचार ,दम्भ ,धन सम्पत्तिको आडम्बर देखाई नै रहन्छन् ! गाउँका सोझा साझालाई आफ्नो मुठ्ठीमै दवाउन खोज्छ्न् ! तर धर्मकर्ममा खुव बिश्वास राख्छन् पाठ पुजा देवि देवताको आराधाना सतसँग, किर्तन भजन गर्न निकै उत्साहित हुन्छन् यो कार्य चाहिँ राम्रो देखिन्छ! तरपनि पाप गर्न चाहिँ कहिले नछोड्ने सामान्तिका खलकहरु सुध्रीलानकी भन्ने आस मनमा पलाएको छ!
सुदुरपश्चिम,बैतडी