गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
म सारा जवानी बिताएर आएँ
नतोडी म वाचा निभाएर आएँ

तिमी जून मेरो तिमी नै सितारा
म तिम्रो बिहानी चियाएर आएँ

म भन्छु सधैं नै तिमी हौ सहारा
भरोसा दिई मन मिलाएर आएँ

सहारा कसैको नपाएर मैले
भिजेको सिरानी फिँजाएर आएँ

सुराको नशामा चलाएर पाऊ
फकाएर प्याला पिलाएर आएँ ।।

काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्