चौथो संस्करणको विराटनगर विद्यालय नाटक महोत्सव शुरु

<span class='c1'>चौथो संस्करणको विराटनगर विद्यालय</span> <span class='c2'>नाटक महोत्सव शुरु</span>

विराटनगर । शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देशक भैरव क्षेत्रीले संयुक्त रुपमा महोत्सव उद्घाटन गरे ।

आइतबारदेखि विद्यालयहरुहरुको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् । शनिबारको नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो । नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो ।

नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राई लगायतले अभिनय गरेका थिए । भोली आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन गर्नेछ । त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । यस्तै नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्