चलचित्र ‘कर्तव्य आर संघर्ष’को प्रिमियर असोज १२ गते

<span class='c1'>चलचित्र ‘कर्तव्य आर संघर्ष’को</span> <span class='c2'>प्रिमियर असोज १२ गते</span>

विराटनगर । गनगाई समुदायले बोल्ने भाषामा निर्मित ‘कर्तव्य आर संघर्ष’ नामक चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएको छ ।

जीवन विकास समाजले निर्माण गरेको ‘अंगिका’ भाषाको चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर र गीत सार्वजनिक भएको हो ।

चलचित्रको प्रिमियर असोज १२ गते विहान विराटनगरको सिटी सिनेमामा हुनेछ । सन्तोष सरकारले निर्देशन गरेको चलचित्र अंगिका भाषाको पहिलो चलचित्र हो ।

नारी सशक्तीकरण, स्वरोजगार अभियानसँगै जातीय संस्कृति संरक्षणमा आधारित चलचित्रमा बिकेश गनगाई, आराधना मण्डल, बालदेव मण्डल, रिबोलदेवी मण्डल, चेतनारायण मण्डल, सन्तोष मण्डललगायतले अभिनय गरेका छन् । चलचित्रमा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको पनि अभियन छ । चलचित्रमा सामाजमा रहेका विकृति पनि देखाइएको छ ।

३० लाख लागतमा निर्माण भएको चलचित्रको छायाङ्कन मोरङको दक्षिणी क्षेत्रमा गरिएको छ ।

२ घण्टा २३ मिनेट लामो भाषिक चलचित्र गणपति म्युजिक प्रालिको ब्यानरमा बनेको हो । सोमबार ट्रेलर सार्वजनिक समारोहमा कलाकारसहित चलचित्र निर्माणका लागि सहयोग गर्ने एक सय जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले अंगिका भाषा र गनगाई संस्कृतिको संरक्षणमा चलचित्रले योगदान गर्ने बताए । चलचित्रले नागरिकलाई कर्तव्य र संघर्षको बोध गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने उनले बताए ।

ट्रेलर सार्वजनिक समारोहमा नेपाल र भारतका आंगिका भाषा संरक्षणका अभियन्ता, स्थानीय जनप्रतिनिधिलगायतले चलचित्रले संस्कृति संरक्षणमा योगदान पुग्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्