रंगेलीमा काँग्रेस कार्यकर्ताद्वारा कर्मचारीमाथि कुटपिट

<span class='c1'>रंगेलीमा काँग्रेस कार्यकर्ताद्वारा</span> <span class='c2'>कर्मचारीमाथि कुटपिट</span>

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले कर्मचारीमाथि हातपात गरेका छन् । बृद्धि करका दरको पुनरावलोकन हुनुपर्ने माग गर्दै काँग्रेस नगरसमितिले नगरपालिका विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

त्यसक्रममा शुक्रबार बिहान आन्दोलनरत पक्षका केहि व्यक्तिले कार्यालयको जिन्सी शाखाका सहायक पाँचौ तहका सुधिर चौधरीमाथि कुटपिट गरेका हुन् । नगरपालिकाका प्रमुख दिलिप बगडीयाले अराजक शैलीमा कर्मचारीमाथि हातपात भएको जानकारी दिएका छन् । उनी भाइको उपचारका लागि भारत गएर राती मात्रै फर्केका छन् । रंगेलीमा काँग्रेसले भदौ २ गतेदेखि कर बृद्धिको विरोधमा विभिन्न माग राखेर चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

भदौ २१ गते छलफल बिना निष्कर्ष टुङ्गिएपछि २३ गतेदेखि नगरपालिका परिसरमा धर्ना तथा विरोधका कार्यक्रम हुँदै आएका छन् । त्यस क्रममा बिहीबार उनीहरुले कर्मचारीलाई प्रवेशमा रोक लगाउने प्रयास गरेका थिए । तर, शुक्रबार पनि उहि चरणको कार्यक्रम राखेका आन्दोलनकारीले ढिलो आएको भन्दै एकजना कर्मचारीलाई कुटपिट गरेको भिडियो सार्वजानिक भएको छ । उनीहरुले कार्यालय यसबेला आउने हो, साला चम्चा भन्दै लात्ती मुक्का, बोतलले हिर्काएको देखिन्छ । प्रहरीले जोगाउने प्रयास गरेपनि काँग्रेसका अराजक कार्यकर्ताले कर्मचारीमाथि हातपात गरेका हुन् ।

काँग्रेस र एमाले सरकार बनेपछि रंगेलीसहित देशका विभिन्न क्षेत्रमा अराजकता बढ्दै गएको नमूना रंगेलीले देखाईरहेको छ । रंगेलीमा काँग्रेसले पूर्वाधार निर्माणमा ठेक्का लागेको रकमको केहि हिस्सा दिनुपर्ने माग समेत गर्दै आएको बुझिएको छ ।

यो पनि पढ्नुहोस् :
https://ourbiratnagar.net/2024/09/274844

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्