चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

<span class='c1'>चलचित्र ‘आँखा’को</span> <span class='c2'>ट्रेलर सार्वजनिक</span>

काठमाडौं । यही असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो ।

यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन् । बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठान गरेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पत्तिविहीन दम्पत्तिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ ।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह निर्मातामा रेनुका कार्की ढोली छिन् । फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ ।

फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । ‘आँखा’लाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्