दुर्गा प्रसाँई पक्राउ

<span class='c1'>दुर्गा प्रसाँई</span> <span class='c2'>पक्राउ</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । उक्त जाहेरी खारेजीको माग राख्दै शनिबार प्रसाईका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्