देश

<span class='c1'>देश</span> <span class='c2'></span>

-अजिता प्रधान
जताततै देशमा छ जालसाझ भ्रष्टकै
तख्तभित्र मनपरी राज छ ती दुष्टकै
भरी भए शासक देश खोक्रिदै गयो
वृद्धि छ दलालकै विधान बिग्रदै गयो

छैन अर्थ केइ पनि आज लोकतन्त्रको
मस्त छन लुटेर ती बिजोग भो गरिबको
लाचार छन् जिन्दगी छटपटाइँ भोकले
बिते अनिदा रात ती अभाव मेट्ने सोकले

बजेट ती करोडका बाँडफाँड छन् सधै
भुडी भरेर ढुक्क छन् मरि रहे गरीबनै
उन्नतिको नाम दि तिनैको भाग छुट्टियो
भ्रष्ट पोसेर सधैं देश आज रितियो

न आज छ यहाँ कतै योजना विकासका
नबढ्छ केन्द्रमा कुनै बात नै निधानका
प्रशासन खराब छ सिस्टम नै गलत हुँदा
पाउ छुन्छ दोषीको न्याय गोजीमा पर्दा

धरापमा मुलुक जहाँ पारेर राष्ट्र घातीले
धरा डुबाए शोकमा लुटाहा घुसखोरीले
लिप्त कुर्सीमा हुँदा लुछाचुडिको खेल छ
कालोबजार तस्करी मिली तिनैको झेल छ

दुर्दशा भयो भूमि परेर दुष्ट हातमा
लागे अब ती दानव देश निल्ने ताकमा
सत्ताको दम्भले सबै नसा पिएर बोल्दछन्
इमान बेचेर तिनै हुँ राष्ट्रवादी भन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्