गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
यो जून,मात्र जून बनोस् यत्ति हो कुरा
गल्ती कहीँ कतै नगरोस् यत्ति हो कुरा

भन्दै छ ऊ उदार छु,चाहा न तिर्सना
लोभी करार मात्र नहोस् यत्ति हो कुरा

आहार पोषिलो र ताजा खाने चाहना
थोरै सलाद साथ मिलोस् यत्ति हो कुरा

जान्दिनँ म बात गर्न लुकाएर भावना
तिम्रो इमान पास रहोस् यत्ति हो कुरा

मातापिता सदैव भलो चाहन्छन् बुझौं
छोरा सदा महान बनोस् यत्ति हो कुरा।

काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्