गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-वसुन्धरा चौहान'सुनिता'
झुक्नु परेको शिर तिम्रै कारण हो
पाँएकी दु:ख पिर तिम्रै कारण हो

सिन्दुर दिएर पनि दिएनौ मायाँ
बिग्रिएकाे तग्दिर तिम्रै कारण हो

चाहेर नि केही गर्न नसक्दा लाग्छ
बाँधिएका जन्जिर तिम्रै कारण हो

नाता सम्बन्ध भत्किएर कता बहे
हुनै सकेन स्थिर तिम्रै कारण हो

जिन्दगी यादको चुटाइमा परेपछि
हुँनु परेको फकिर तिम्रै कारण हो।

गौरादह नगरपालिका-२,झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्