राम अधिकारीको कविता संग्रह “सपना र छायाहरु” प्रकाशन हुँदै

<span class='c1'>राम अधिकारीको कविता संग्रह “सपना</span> <span class='c2'>र छायाहरु” प्रकाशन हुँदै</span>

विराटनगर । लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह "सपना र छायाहरु" प्रकाशन हुने भएको छ ।

शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन हुने भएको हो ।

तीसवटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना र प्रेमका कविताहरु समेटिएका छन् । प्रकाशन हुने कविता संग्रहको लोकार्पणको जानकारी पछि उपलब्ध गराईने भएको छ। उक्त कविता संग्रह अनलाइन प्लाटफर्म बाट पनि उपलब्ध गराईने भएको छ। यसको बिस्तृत जानकारी पनि प्रकाशन पछि उपलब्ध गराईने भएको छ । अधिकारीले कविता, कथाका साथै समालोचनाका क्षेत्रमा कलम चलाउछन। कपिलवस्तुमा जन्मिएर भर्जिनियामा बस्दै आएका अधिकारीको यो पहिलो कविता कृति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्