लेख : मैले देखेको समाज

<span class='c1'>लेख : मैले</span> <span class='c2'>देखेको समाज</span>

-पारस भट्ट प्यासी
आजभन्दा दश वर्ष पहिले मात्रै पनि मैले देखेको समाज र मान्छेहरुलाई सम्झिनुपर्दा खान बस्न समेत निकै हम्मे हम्मे हुन्थ्यो ! पैसा त कोही कसैसँग मात्रै हुन्थ्यो प्राय मान्छेको स्थिति कमजोर नै थियो तर पनि सबैजना खुसीसँग बसेका हुन्थे एक अर्कामा सुमधुर प्रेम हुन्थ्यो , सहयोगको भावना हुन्थ्यो,गाउँमा एकजनालाई पिडा पर्दा सबैलाई दु:ख लाग्थ्यो तर अहिलेका मान्छेहरु यत्ती पापी भए कि आफ्नै भाइ बिमारी भएर हस्पिटल भर्ना भएको हुन्छ तर दाइले एक सब्द कस्तो भयौ भनेर भाइलाई सोधेको हुँदैन ,भाइलाई भेटेको हुँदैन ,घर घरमा द्वन्द छ , मनमुटाव छ !

जन्मदिने आमाबुबालाई नै चिन्न छोडिसके बृद्धाआश्रममा ठाउँ छैन ! कयौँ आमाबाबु सडकको नालीमा भोकभोकै लछारपछार छन् !

प्राय अहिलेका मान्छेहरुको प्रेम धन सम्पती सँग बसेको छ त्यही धन सम्पतीको लोभले गर्दा मान्छेहरूले विभिन्न किसिमका गलत कदमहरु उठाई रहेकाछन् ! हत्या हिंसा काटमार दिनहुँ बढेका छन् दोषीहरु निर्दोष सावित हुन्छन् निर्दोषले सजाय भोग्नुपर्छ न्यायको पनि मृत्यु भएको हो कि भन्ने मनमा संका लागिसकेको छ हरेक फाँटमा भ्रस्टाचारले जरा गाडिसकेको छ!

आर्थिक स्थिती कमाजोर भएका धेरै कमाउन नसक्ने आफुसँग केही आधार नभएका मध्यमवर्गी मान्छेहरु बरु खुशीसँग जीवन जिइरहेका छन् तर टन्न सर सम्पती ,गाडी मोटर, जग्गा जमिन टन्न गरगहना भएकाहरुलाई आपलोभले खान लाउन समेत हाहाकार पारेको छ दु:ख होस् या सुख कहिले खुसी छैनन् !

गाउँ समाजमा विभिन्न किसिमका गलत कार्यहरु भइरहन्छन् आवाज उठाउन पनि डर लाग्छ पुरै समाज गलत मान्छेको साथमा उभिइदिन्छन् राम्रो बोल्ने मान्छेलाई साथ सहयोग छैन ,कुनै मुल्यांकन छैन्, मान सम्मान छैन!

धेरै मान्छेले त लाज सरम गुमाईसके के गरे के हुने हो भन्ने भावना मनमा छ धन सम्पत्ति ,राजनीतिक पहुँचको दम्भले कानुन सँग समेत नडराई गरिव निमुखा सोझासाझा जनतालाई शोषण गरिराखेका पनि धेरै छन् ! आफै खाउँ आफै लाउँ ,मै फाईदा कमाउन सकुँ, मै घर बनाउन सकुँ, मै पैसा कमाउन सकुँ सोच बढ्दै गएको छ! घरमा पाकेको मिठो मसिनो केही खानेकुरा समेत पहिला पहिला बाँढिचुँडी खान्थे अहिले हात हात् कै भाग खोसाखोस हुन्छ !

मान्छेसँग मान्छे कहिले संतुष्ट छैनन् !केही गर्न सकेन हेर त कति लफङ्गा भएर हिंडिरहन्छ भनेर कुरा काट्छन्,राम्रो काम गरेर प्रगती गर्यो ओहो उसले कत्ति प्रगती गरिहाल्यो भनेर रिस डाह गर्छन् ! अलिकती मिठो मसिनो खायो हे उसलाई के छ र सधैं मग मग बासना आउने परिकार खाएको छ बसेको छ भन्छन् , मिठो मसिनो केही खान सकेन हे उसले के गर्न सक्छ र मिठो मसिनो खान त केहि हुनु पर्यो नि भनेर हेपिहाल्छन् समाज बडो उदेकलाग्दो बनेको छ !

बैतडी,सुदुरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्