लघुकथाः गाउँलेलाई गाउँ नै प्यारो

<span class='c1'>लघुकथाः  गाउँलेलाई</span> <span class='c2'>गाउँ नै प्यारो</span>

-ऋषि तिवारी
'को हो तिमी ?'
कसैले मलाई त्यो नौलो गाउँमा सोध्यो । म एक्लो छु । निर्धक्क छु । त्यो गाउँको म नौलो मान्छे भएपनि डर थिएन् । त्रास थिएन् । कतै गाउँलेहरु मिलेर मलाई मार्छन् भन्ने पनि हेक्का राखेको छुइनँ ।

गाउँ डुलिरहेको छु । बस्ती बस्ती नियालिरहेको छु । बस्तीको सुन्दर मुहार देखि लोभिरहेको छु । छेऊछाउमा बस्ती बिचमा धुलाम्मे सडक । न पिचबाटो । जे भएपनि मनमोहक गाउँ । विकासको आयोजना छैन् । बस्तीमा छन् मुशहर दाजुभाइ, आमा दिदी बहिनीहरु । यसरी बस्ती नियाल्दै गर्दा फेरि अर्कोले सोधे, 'को हो तपाईं ? काहाँबाट आउँनु भएको ?' तपाईं जस्तै थुप्रै मान्छे यसरी हाम्रो बस्ती नियाल्छन्, अनि थुथुथुथु गर्दै भटभटेबाटै धुलो उडाएर भाग्छन् ।

मैंले चिनिसकेको थिएँ, ति हाम्रो खेतमा हलो जोत्ने खिनाई मुशहरको बुवा हुन् । तर उनले चिन्न सकेनन् मलाई, मैंले कोट्टाउँन थाले, 'काका म तपाईंको फलानो जमिन्दार मालिकको छोरो हो, पर्वते ।'

म सहरिया बन्ने लालचले र, फुटानी हाँक्न थालेर, बालाई भनेको थिए, सबै खेतीपाती बेच्न कर लगाएको थिए । सहरिया त भए । आफ्नै अनाज फ्याला फ्याल हुँन्थ्यो उसबेला गाउँमा, अहिले एक गेडो चामल पनि किन्नु परेको छ सहरमा, काका ।

यति भनेपछि ऊ काका खुशी भए, भन्न थाले, 'आज मेरो धुलाम्मे डगरमा भगवान आउँनु भो ।'

मैंले भने 'काका, म भगवान होइनँ, तपाईंहरु जस्तै म गाउँलाई माया गर्ने गाउँले नै हुं । म सहरमा बसेपनि मेरो गाउँ मलाई प्यारो लाग्छ ।'

काकाले सोधें, 'के खाने ? अब हामी मुशहरको चुल्होमा पकाएको चामल मुखबाट छिर्दैन् होला । केतारी भाँचुम । केतारी खानेकि ?' मैंले भने, 'पर्दैन् काका, आज काकीले पकाएको चामल नै खाने ।'

विराटनगर-६, ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्