गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
मुसो झैँ छिरेथ्यो बनी बाघ आयो
अचानक मेरो होस उसले उडायो

मलाई उनीले जवानी देखाइन्
मेरो मनले तृष्णाको डोरी टुटायो

सबैथोक उनले गरिन् स्वार्थले नै
उनी बैगुनी हुन् समयले बतायो

भए आज मेरा सबै बोझ हल्का
बनी आँसुझैँ मन मेरो खुब रसायो

चलायो नयनका तिखा बाण जसले
उसैले यो दिलभित्र आगो लगायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्