गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना
थोरै खुशी साथमा धेरै पीडा जीवन पनि
मानव भिड सँगै यो बढ्दैछ एक्लोपन पनि

पाखुरा बजारेर जोहो गरेको केही बल बैसमा
बेकार हुदोरहेछ हात पाउ बसेपछि धन पनि

भाग्यले पुर्यायो घुमाई पराई देशमा संघर्ष गर्न
जब छाउछ चार्डपर्ब भकानिन्छ यो मन पनि

बाँचुन्जेल रहेछ यो लोभ लाल्चा दया र माया
जान्छ सास बगाउँछन् खरानी बनाई तन पनि

सोच्दैछु केही गरौं जो मरेर पनि बाचिरहोस्
खुशी हुन सकुन् पढी इतिहास दुर्जन पनि।

इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्