बुढीगंगामा ट्रकको ठक्करबाट सशस्त्रका प्रहरी जवानको मृत्यु

<span class='c1'>बुढीगंगामा ट्रकको ठक्करबाट सशस्त्रका</span> <span class='c2'>प्रहरी जवानको मृत्यु</span>

विराटनगर । मोरङको बूढीगंगा गोकुवा चौकमा ट्रकको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्काे एकजना जवान घाईते भएका छन् । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ मा प्रदेश १–०२–००१ क ३७१३ नम्बरको ट्रकले प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिएको हो ।

मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु थिया ।

संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका विराट शिक्षण भर्ना गरिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका उनको विराटमै उपचार भईरहेको छ । उनको अवस्था सामान्य छ । ट्रकका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्