चर्चित भारतीय गायक जुबिन नौटियालले नेपालमा च्यारिटी कन्सर्ट गर्दै

<span class='c1'>चर्चित भारतीय गायक जुबिन नौटियालले</span> <span class='c2'>नेपालमा च्यारिटी कन्सर्ट गर्दै</span>

काठमाडौं । चर्चित भारतीय गायक र प्रत्यक्ष कलाकार जुबिन नौटियालले नेपालमा एक च्यारिटी कन्सर्ट गर्ने भएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन. अटिजम केयर फाउन्डेसले १४ डिसेम्बर २०२४ मा च्यारिटी कन्सर्ट गर्न लागेको जानकारी दिएको हो । भारतीय संगीत उद्योगमा नौटियाल आफ्नो मधुर आवाज र धेरै हिट गीतहरूका लागि जानिन्छन् ।

यस कार्यक्रमबाट प्राप्त सबै आम्दानी एन.अटिजम केयर फाउन्डेसनको सहयोगको लागि जानेछ । यो संस्था जुबिन नौटियालसँगको साझेदारीमा नेपालमा सञ्चालित छ । एन.अटिजम केयर फाउन्डेसनले आफ्नो स्थापनाको घोषणा पनि गरेको छ । पहिचान, हेरचाह, र व्यक्तिहरूको शिक्षामा समर्पित गैर–नाफा संस्था नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा स्थापित, फाउन्डेसनले अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । एन. अटिजम केयर फाउन्डेसनको मिशन भनेको व्यक्तिहरूको समावेशी समाज सिर्जना गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्