लघुकथा: बलिको बोको

<span class='c1'>लघुकथा: बलिको</span> <span class='c2'>बोको</span>

- ऋषि तिवारी
हरिया र उसको श्रीमतीले मन्दिरमा बलिको बोको दिएको पनि दश बर्ष भै सकेछ, तर समस्या ज्युँको, त्युँ छ।

अस्ति भर्खर शनीवार शनी हाट पुगेर दुई बुढा-बुढीले कालो बोको किनेर ल्याएछन । हाम्रै घरदेखि पछिल्लो पट्टी बसेको हरियाले बोको किनेर हाम्रै घरकोबाटो बोका डोर्याएर लादै गर्दा मैंले सोधें, "हरिया बोको त गजब छ नि ?"

हरिया बोल्यो, "दाई के गर्नु श्रीमतीले भाकल गरेकी थिईं हाम्रो मनो - कामना जब सम्म पूरा हुँदैन, म काली मन्दिरमा फूलपातीको दिन बोकाको बलि दिइ रहन्छु ।"

मलाई उसको भाकल प्रतिको ब्यवहार न राम्रो लाग्यो र भने, "हैन हरिया यो बोको पनि एउटा प्राणी हो, यसलाई चढाएर मनोकामना पुरा हुन्छ भन्नु मुर्खता हो, पशुबली पनि एउटा घोर "अपराध" हो,भगवानको नाममा मान्छे नै राक्षस भै सकेछन ।"

हुन त हो नि दाई, के गर्नु हामीलाई भन्दा पनि स्वास्नी मान्छेलाई भगवान प्रति बढी बिश्वास लाग्दो रहेछ, अनि के के भाकल गर्छे मेरी श्रीमतीले त्यो चाहि मैले पुरा गर्दै जानु पर्छ,हरिया बोल्यो फेरी उसै गरी ।

"लु भन त हरिया, तैले दश बर्ष देखि बोका बलि दिइ रहेकोछस, आज सम्म तेरो के भाकल पुरा भयो त ?" त्यहि सन्तान पाऊँ भनेर भाकल गरेको हैन तैले? मैले फेरी सोधे ।

उसले हो भन्यो, हरियाले बिहे गरेको दश बर्ष हुदा सम्म पनि सन्तान न हुँदा एउटा प्राणीको बलि बर्ष पिच्छै दिदा दिदा पनि भगवानले उनिहरुको भाकल सुनेन, अब अझै कति बोकाको बली बर्षै पिच्छे हरियाले देला सन्तान प्राप्तको लागी, अब यसलाई सम्झाउनु पर्यो ।

"हेर हरिया, सन्तानको रहर हरेक आमा - बुवालाई हुन्छ, भगवानलाई बोको बलि दिनु भन्दा तिमीहरुको स्वास्थ्य चेक अप गराऊ, तिमीहरुको स्वास्थ नै खराब छ कि?
अहिलेको जमानामा बच्चा जसरी पनि हुन्छ, बैज्ञानिक युग आइ सक्यो, बेबी टेष्ट ब्यु भन्छ कि के भन्छ त्यो मलाई पनि राम्ररी थाहा भएन बरु गएर एक चोटी डाक्टरलाई दुइ बुढा बुढीको जाँच गराउ, समस्या हल हुन्छ।

हरिया एकोहोरो भयो, घरी आफ्नो कालो बोको हेर्छ, घरी मलाई हेर्छ र भन्छ, "ल ल यसपाली त ल्याइ हाले अब अर्को साल देखि बोकोको बलि दिन्न ।" बरु तँपाईंले भनेको कुरा हामी दशैं पछि डाक्टरलाई आफ्नो स्वास्थ चेक अप गराउँला भन्दै ऊ आफ्नो घरतिर लाग्यो, म भने उसले डोर्याउदै लगेको बलिको बोकोलाई टुलु टुलु हेर्दै रहें।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्