-अरुण खड्का
छु दोषी म तिम्रो नजरमा बिझाएँ,
सधैं रात आधा म जागी बिताएँ।
थियो साथ मेरो कहानी पुरानो,
तिमी सुन्न आयौ नयाँझैँ सुनाएँ।
छ कोही उधारो खुसीमा रमेको,
यहाँको छ जस्तो चलन त्यै चलाएँ।
भनेको छ उस्ले उ मेरो बिधाता,
उसैको अनौठो कुरा मन पराएँ।
दुखेको छ मन यो नमीठो कुराले,
रुँदै आँसु झारी सिरानी भिजाएँ।
काठमाडौं ।