आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा छुरा

<span class='c1'>आर्थिक अभाव झेल्न नसक्दा</span> <span class='c2'>आफ्नै पेटमा छुरा</span>

विराटनगर । आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा खुकुरी हानेर सख्त घाईते भएका एक युवालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सफल शल्याक्रिया गरेर जीवन फर्काएको छ ।

आफैंले खुकुरी प्रहार गरेपछि बाहिर निस्किएका आन्द्रा कुहिन थालेपछि प्रहरीको समन्वयनमा बीपीले शल्याक्रिया गरेको थियो । आन्द्रा बाहिर निस्किएका ती ३० वर्षीय युवकको ज्यान अहिले बचेको छ । ती युवकले आत्महत्या गर्ने उद्देश्यले गत भदौ २९ गते आफ्नै पेटमा खुकुरी हानेका थिए । उनको भुँडीबाट आन्द्रासहितका अंगहरु बाहिर निस्केका थिए । घटनापछि प्रहरीसँगको समन्वयमा उपचारका लागि उनलाई भाद्र ३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

आफन्त कोही नभएका उनको उपचारमा प्रहरीले समन्वय गरेर प्रष्तिठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग र एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागका चिकित्सकहरूको टोलीले उनको उपचार गरेको जनाइएको छ ।

बाहिर निस्केको आन्द्रा कुहिन थालेको अवस्थामा प्रष्तिठानको आकस्मिक कक्षमा भर्ना गरेर सफल शल्याक्रिया तथा उपचार गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिएका छन् । बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो, बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जाँच, रगतको व्यवस्था, औषधि र अपरेशनमा आवश्यक सामग्रीको व्यवस्था गर्न कठिनाई भएपनि भदौ ३१ गते शल्याक्रिया गरेर आन्द्रा जोडिएको थियो ।
अपरेशनका क्रममा पेटमा जमेको रगत निकालेर कुहिएको आन्द्रा काटेर फालिएको र स्वस्थ्य आन्द्रालाई जोडिएको हो ।

प्रतिष्ठानका चिकित्सकको टोलीले करीब चार घण्टाको समय लगाएर उनको अपरेशन सम्पन्न गरेको सह–प्रवक्ता अभिजीत कुमारले जानकारी दिएका छन् । अपरेशनपछि उनलाई आईसीयू र भेन्टिलेटरमा समेत राखिएको थियो । अपरेशन भएको १४ औं दिनमा उनलाई प्रतिष्ठानको सर्जरी वार्डमा सारिएको र १६ औं दिनमा डिस्चार्ज गरिएको सहप्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उनको उपचारको सम्पूर्ण खर्चको छुट सुविधा गरिदिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद जानकारी दिएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका ती युवक करीव २० बर्षदेखि मादक पदार्थ सेवन गरी घर परिवारका सदस्यसँग झैझगडा गर्दै आएका थिए । उनी अहिले घरमै आराम गरिरहेको र निको हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्