फिल्म ‘बेहुली फ्रम मेघौली’ कात्तिक १ गतेदेखि देशभरका हलबाट निकाल्ने घोषणा

<span class='c1'>फिल्म ‘बेहुली फ्रम मेघौली’ कात्तिक १</span> <span class='c2'>गतेदेखि देशभरका हलबाट निकाल्ने घोषणा</span>

काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ अब भने देशभरका हलहरूबाट निकालिने भएको छ।

चलचित्रको कात्तिक १ गतेदेखि फिल्मलाई हलहरूबाट निकाल्ने चलचित्रका निर्माता निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

पछिल्लो समय हलहरूमा शो’को विषयमा हल सञ्चालक र चलचित्र निर्माणपक्षबीच टकराब बढ्दो छ। ‘बेहुली फ्रम मेघौली’लाई दर्शकको राम्रो साथ मिल्दामिल्दै पनि विदेशी चलचित्रलाई प्राथमिकता दिइएको भन्दै निश्चलले हलको विकल्प खोज्ने भन्दै अभिव्यक्ति दिँदै आएका थिए।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत हलबाट फिल्म निकाल्ने निर्माता बस्नेतले घोषणा गरेका छन्। शो उपलब्ध गराइदिएकोमा क्यू एफ एक्सलाई धन्यवाद दिँदै उनले अब अन्य विकल्पसहित छिल्टै भेट्ने समेत बताएका छन्।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्